logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट नेपाल आउने संख्या अत्याधिक, कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार बिहानमात्र ३ हजार नेपाली भित्रिए


अंकुरण खबर
1.742K
Shares

कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार बिहान ९ बजेसम्ममात्र ३ हजार भन्दा धेरै नेपाली स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

रोजगारी लगाएत विभिन्न शिलशिलामा भारतमा रहेका नेपाली कारोनाको त्रासका कारण स्वदेश फर्किएका हुन् । नाकामा स्वास्थ्यकर्मी  हेल्थ डेस्क राखिए पनि नागरिकको चाप बढेपछि स्वास्थ्यजाँचमा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ । स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको तथा अन्य लक्षणदेखि शंका लागेमा महाकाली अञ्चल अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ ।

शुक्रबार मात्र सरकारले आइतबारबाट लामो रुटका यात्रुबाहाक बस सञ्चालनमा रोग लगाएपछि भारतबाट नेपाल फर्कनीको संख्या अत्याधिक भएको छ । साँझसम्म यो संख्या अझ बढ्ने छ ।