logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द


अंकुरण खबर
1.56K
Shares

आज आइतबार देखि देशैभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएका छन्।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुने घोषणा गरेका थिए। नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसारयी सेवा आगामी चैन २१ गतेसम्म बन्द रहनेछन्। यस्तै आइतबारदेखि नै चैत १८ सम्म अन्तराष्ट्रिय उडान पनि बन्द रहनेछन् भने भोलि अर्थात चैत १० गतेदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधनमा पनि रोक लगाइएको छ।