आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर अहिलेसम्मकै महंगो बनेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२८ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १२९ रुपैयाँ २३ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४१ रुपैयाँ ७ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ६८ पैसा छ।
