logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको उपचार गर्न टेकु अस्पतालले माग्यो कर्मचारी (विज्ञापनसहित)


अंकुरण खबर
1.235K
Shares

कोरोना भाइरस संक्रमितको उपचार गर्न टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ स्वास्थ्यकर्मीको माग गरेको छ।

विश्वव्यापी महामारीको रुप ल्याएको कोरोना भाइरसको उपचारका लागि देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ। माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, स्टाफ नर्सलगायतका कर्मचारी रहेका छन्।