आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन १ हजार र चाँदी २० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलामा ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।