logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले गरेको निर्णयलाई सम्पुर्ण नेपालीले पालना गर्न प्रचण्डको आग्रह


अंकुरण खबर
923
Shares

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकाले गरेको निर्णयलाई पालना गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका  रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।

केही दिनयता भेटघाट सीमित गरी घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् ।

‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।