logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा डुबेर इलाममा ३ वर्षीय बालकको मृत्यु


अंकुरण खबर
1.118K
Shares

पोखरीमा डुबेर इलाममा शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिका–९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घरमा खेलिरहेका बालक अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखि अभिभावकले उपचारका लागि जिल्ला अस्पताल इलाम लगेकोमा बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।