logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन प्रतिबन्ध 


अंकुरण खबर
1.261K
Shares

भोलिदेखि काठमाडौं उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको छ ।

भोलिदेखि अर्को सूचना जारी नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार सोमबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरभित्र गाडी ओहोरदोहार गर्न पाइने भए पनि काठमाडौं बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन् । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने विभागको भनाइ छ ।

सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने छन्।