प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्रीले बैठक आज बोलाएका हुन्।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको बताइएको छ । मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने बताइएको छ ।