logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा बस दुर्घटना हुदाँ एकको मृत्यु, १७ घाइते


अंकुरण खबर
1.196K
Shares

तनहुँमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०० नम्बरको बस नियन्त्रण गुमाएर ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान पौने ४ बजे पल्टिदाँ तनँहुको शुक्लागण्डकी नगरपालिका २ की २५ वर्षीया शर्मिला ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य १७ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ ।

बसका चालकलाई नियन्त्रणमा लिएको छ ।