logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव


अंकुरण खबर
1.105K
Shares

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई सुझाव दिएको छ ।

भारतमा संक्रमण बढेसँगै आज बिहान बसेको नियमित पत्रकार सम्मेलनमा ‘डब्लुएचओ’ ले नेपाललाई यस्तो सुझाव दिएको हो । नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपतकालिन संरचना बनाउन पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

नेपालभित्र पनि सीमा नाका बन्द गर्नुपर्ने माग उठदै आएको छ । सरकारले नाका बन्दका विषयमा भारतसँग परामर्श गर्ने बताएको छ । हाल सम्म कोरोना संक्रमणबाट भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३४८ जना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लोपटक नेपालसँग जोडिएको विहार राज्यमा संक्रमितको मृत्यु भएको हो । मुगेर निवासी एक बृद्धको विहारको पटनास्थित एम्स अस्पतालमा मृत्यु भएको हो ।