काठमाडौँ उपत्यकाका ९ सय होलसेल पसल एवम् थोक बिक्रेता पसलहरु आज (चैत्र ९) गतेदेखि बन्द हुने भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै संघमा आवद्ध आफ्ना सदस्यहरुलाई राष्ट्रिय व्यापार संघ र राष्ट्रिय व्यावसायी महासंघले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । संघले सबै सदस्य पसलहरुलाई चैत्र २१ गतेसम्म व्यवसाय बन्द गरि ‘सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
संघमा काठमाडौँमा मात्रै ९ सय थोक विक्रेता एवम् रेडिमेड सामान आयात कर्ताहरु सदस्य छन् । त्यस्तै काठमाडौँ बाहेकका मूख्य शहरहरुमा पनि संघमा आवद्ध व्यवसायीहरु छन् ।

