logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 बहराइनमा तीन नेपालीमा देखियो कोरोनाको संक्रमण


अंकुरण खबर
988
Shares

बहराइनमा रहेका तीन जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

कोरोनाभाइरसको शंका लागेर ६ जनालाई परीक्षण गर्दा तीन नेपालीमा संक्रमण देखिएको हो । अरु तीन जनामा भने कोरोनाको संक्रमण नेगेटिभ देखिएको जनाइएको छ ।

उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको जनाइएको छ । बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ३१० जनामा कोरोनाको सङक्रमण देखिएको छ ।