logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतसँग सीमा जोडिएका २६ वटा नाका बन्द


अंकुरण खबर
2.6K
Shares

दाङका साना ठूला गरि २६ वटा नाकाहरू अनिश्चितकालीन बन्द गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सीमा जोडिएका दाङको गढवा र राजपुर गाउँपालिकामा पर्ने साना ठूला २६ वटा नाका आजबाट अनिश्चितकालका लागि बन्द गरिएको हो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दुवै देशका अधिकारीबीचको सहमतिमा दाङका सीमा नाका पूर्णरुपमा अनिश्चितकालीन बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

नेपाल–भारत सीमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलावास, खाङग्रा, भौवा, पटौली, सुनपथरीलगायत साना ठूला २६ नाकाहरु स्थिति सामान्वय अवस्था नहुदासम्मका लागि पूर्णरुपमा बन्द गरिएको जनाइएको छ ।