नुवाकोटमा एक महिलामाथि पाँच जनाले सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र दुप्चेश्वर गाँउपालिका ५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई पक्राउ गरेको हो ।
पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरेको हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भएको नगद समेत लिएर भागेको प्रहरीले जनाएको छ ।
गिरोहका अन्य व्यक्तिहरुको खोजी र अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।