logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट स्वदेश फर्किने नेपाली अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने


अंकुरण खबर
806
Shares

भारतबाट स्वदेश फर्किने नेपालीले अनिवार्य १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ ।

गृह मन्त्रालयले यसबारे आवश्यक आन्तरिक परिपत्र जिल्ला प्रशासन कार्यालयहरूलाई जारी गरेको हो ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले भने, “भारतबाट फर्किनेको हकमा सीमामा जाँचका क्रममा प्रहरीले सबै विवरण लिन्छ । उनीहरूको घर, ठेगाना सबै लिइसकेपछि त्यसको जानकारी उनीहरू जुन जिल्लाका हुन्, त्यहाँको प्रहरी र प्रशासन प्रहरीले गर्छ । त्यही आधारमा उनीहरू बसे/नबसेको अनुगमन हुन्छ ।”

प्रवक्ता शर्माले ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न राजनीतिक दल, नागरिक समाज, स्थानीय निकायलगायतले पनि दबाब दिनुपर्ने बताए । उनीहरू बसेरनबसेको अनुगमनका लागि प्रहरीलगायतको संयन्त्र अनुगमनमा खटिनसक्ने शर्माको भनाइ छ ।

भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै गृहले यसबारे सर्तकर्ता अपनाउन परिपत्र जारी गरेको जनाइएको छ ।