कोरोना भाइरसले विश्वव्यापी महामारीको मरुप लिरहेको बेला युरोपमा अझ यसले बढी प्रभाव पारेको छ । यसै समयमा दक्षिणपूर्वी युरोपेली मुलुक कोयसियामा भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी जाग्रिब केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
अहिलेसम्मको खबर अनुसार भूकम्पका कारण एक जनाको मृत्यु हुनुको साथै दर्जनौ मानिस घाइते भएका छन भने धेरै भवनहरु ध्वस्त भएका छन् ।
भूकम्पको धक्का हंगेरी, बोस्निया हर्जगोभिनामा पनि महशुस गरिएको थियो । कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र बसिरहेका मानिसहरुलाई भूकम्पको धक्काले थप त्रसित बनाएको छ ।



