logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा आज राति १२ बजेबाट कर्फ्यू लगाइने


अंकुरण खबर
923
Shares

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने भएको छ ।

सतर्कताका लागि आज राति १२ बजेबाट कर्फ्यू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन् ।

सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो। कर्फ्यू कहिले सम्मको लागि हो भन्ने विषय चाँही अहिले स्पष्ट नभएको खतिवडाले बताए ।