logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमा नाका ठप्प, लामो दूरीका सवारी साधन बन्द


अंकुरण खबर
1.144K
Shares

आज देखि भारततर्फका सबै सीमा नाका बन्द गरिँदैछ । बिहान १० बजेबाट दुवैतर्फबाट सीमा नाका एक साताका लागि बन्द गर्न लागिएको हो ।

कोरोना भाइरसको सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सरकारले दक्षिणी छिमेकी भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । चीनमा कोरोना संक्रमणपछि नेपाल र चीनबीचको नाका भने यसअघिनै बन्द थियो।

कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिँदै गएको छ । खुला सीमा कारण दुबै देशबाट आवातजावत हुँदा संक्रमण फैलिने सम्भावना बढेकाले यस्तो निर्णय लिइएको बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए ।

यसैगरी आजै बिहानदेखि लामो दूरीका सार्वजनिक सवारी साधन पनि बन्द गरिएको छ । हिजोदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।