नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ ।
विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशकोपश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनर चट्याङ् सहित हल्का वर्षा एवं पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन आह्वान समेत गरिएको छ ।