logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोनाका कारण ४ सय बढीको मृत्यु


अंकुरण खबर
1.339K
Shares

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । एकैदिन अमेरिकामा ८ हजा ५ सय ७६ नयाँ संक्रमित थपिए सँगै अमेरिकामा हालसम्म संक्रमितको स‌ख्या ३२ हजार ७ सय ७८ पुगेको छ ।

अमेरिकामा १ सय ७८ जना उपचारपछि निको भएका छन् भने ३२ हजार १ सय ८९ जना उपचाररत छन् । ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।