logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्साका युवकमा कोरोना पुष्टि भएको हल्ला


अंकुरण खबर
2.002K
Shares

भारतको पटनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा अस्पताल भर्ना भएका युवामा संक्रमण नभएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेजमा भर्ना भएका वीरगञ्जका एक युवामा संक्रमण रहेको हल्ला चलेपछि नेपाली जनमासन आतंकित भएको थियो । बिहारमा आफन्तको विवाहमा सहभागी भएर फर्किएका ती युवा मृगौलाको नियमित चेकजाँचमा गएका थिए ।

तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएछि उनलाई अस्पतालले उपचार गर्न मानेको थिएन । यद्यपि जेकचाँजको अन्तिम रिपोर्ट आउन बाँकी रहेको र त्यसका लागि दुई साता लाग्ने भएकाले थप केही भन्न नसकिने चिकत्सकले बताएका छन् ।

यसैबीच संक्रमणको शंका गरिएका युवकका परिवारका अरु सदस्यलाई आइसोलेसनमा राखिने भएको छ । उनको परिवारमा ५ बालबालिका सहित १३ सदस्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारीले ललित बस्नेतले जानकारी दिए ।