नेपालमा कोरोना संक्रमणको पछिल्लो जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले मध्यान्ह १२ बजे आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् ।
युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा आशंकित व्यक्ति तथा यथार्थ जानकारी गराउन मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका हुन् ।
सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ-आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आजैदेखि दुबै छिमेकका सीमाहरु बन्द गरिएका छन् ।
स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवलायले बताएको छ ।