काठमाडौंमा एक व्यक्तिलाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । फ्रान्सबाट गत चैत ४ गते मंगलबार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनी होम क्वारेन्टाइनमा थिइन्।
हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो। उनी हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ । उनको अरू विवरण खुलाईएको छैन् । टेकु अस्पतालमा सुरक्षा बढाइएको बताइएको छ ।
केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ ।