फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा कोरोना भाइरस९कोभिड–९० पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चैत ४ गते नेपाल आएकी ती किशोरीको रिपोर्ट हिजो आएको हो । किशोरीसँगै विमानमा को(को आएका थिए भन्नेबारे ट्रयाक गरिने मन्त्रालयले जनाएको छ।
उताबाट आएपछि किशोरीलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि बताइएको छ । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ ।