logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भेटिएकी युवतीको दोस्रो परिक्षण गरिने


अंकुरण खबर
1.365K
Shares

फ्रान्सबाट केही दिनअघि नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पूर्ण पुस्टि गर्न फेरि एक पटक पुस्टि गरिने भएको छ।

टेकु अस्पतालको आइसोलनमा रहेकी काठमाडौं उत्यकाकै स्थानीय ती युवतीमा दोस्रो पटक परीक्षण गरिने अधिकारीहरुले जनाएका छन। कतिपय परिस्थितीमा सुरुको परिक्षणमा पोजेटिभ देखिएपनि दोस्रो परिक्षणमा कोरोना नेगेटिभ देखिने गरेको छ।

यहि चैत ४ गते फ्रान्सबाट दोहा, कतार हुँदै नेपाल आएकी १९ वर्षिया ती विद्यार्थी घरमै सेल्फ क्वारेन्टाइमा बसेकी थिइन्। बिरामी भएपछि कोरोनाको आशंकामा अस्पताल गएर चेकजाँच गर्दा कोरोना पोजेटिभ दखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार पत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदे नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण देखिएको बताएका थिए।

फ्रान्सबाट आएदेखि नै युवती होम क्वारेन्टाइनमा थिइन् हिजो नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो। ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

उपचारको सम्पूर्ण व्यवस्था मन्त्रालयले गर्ने उनले बताए । मन्त्री ढकालले ती युवतीको परिवार र होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्ने र आइसोलेनमा राख्ने तयारी भइरहेको बताए ।