विश्वलाई त्रास फैलाएको कोरोना भाइरसबाट बच्नको लागी भोलिदेखि विराटनगर पनि लकडाउन गरिने भएको छ ।
विराटनगर महानगरपालिकामा भोलिदेखि अनिश्चितकालीन लकडाउन गरिने भएको हो ।
खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघलगायतका २ दर्जन सङ्घसंस्थासित बैठक बसेर कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउन गर्न लागिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।