logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढी रंगशालामा ५० शय्याको आइसोलेसन कक्ष


अंकुरण खबर
3.107K
Shares

कैलालीको धनगढी रंगशालामा ५० शय्याको आइसोलेसन कक्षको स्थापना गरिएको छ।

नेपाली सेनाको नम्बर ५ बाहिनी र भवानी दल गुल्मको सहायतामा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा ५० शय्याको आइसोलेसन कक्ष स्थापना गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। उनले प्रदेशभरी ७५० शय्याको आइसोलेसन कक्ष बनाउने बताए।

मन्त्री सुवेदीले योसँगै प्रत्येक जिल्ला अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्ष र नेपाली सेना रहेको ठाउँमा सात शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको बताए।