logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक प्रकाश सपुतले कोरोना रोकथाम कोषमा राखे २ लाख


अंकुरण खबर
1.04K
Shares

गायक प्रकाश सपुतले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रकाशले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् । रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् ।