logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा पनि लक डाउन


अंकुरण खबर
1.274K
Shares

कोरोना भाइरसको संक्रमणबाट सचेत हुन भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा अनिश्चितकालिन ‘लक डाउन’ गर्ने निर्णय गरेको छ ।

जिल्लामा प्रवेश गर्ने खाद्यान्य, तरकारी, फलफूल, दुध, पानी, इन्धन, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

लक डाउनमा पनि औषधि र पेट्रोलपम्प २४ सै घण्टा खुला रहनेछन् । इन्धन, दाल, चामल, तेल, नुन, दुध टडेरी, तरकारी तथा फलफूल लगाएतका दैनिक उपभोग्य पसलबाहेक सबै पसलहरूको बन्द हुने छ ।