logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सम्भावित लक डाउनका लागि सुरक्षा निकय तयारी अवस्थामा


अंकुरण खबर
1.014K
Shares

कोरोना भाइसरको त्रास बढिरहेका बेला यसको रोकथामका लागि तीनवटै सूरक्षा निकायले तयारी अबस्थामा रहेको जनाएका छन् ।

तीनवटै सुरक्षा निकायले ‘सम्भावित लक डाउन’का लागि तयारी अवस्थामा रहन मातहतलाई सबै निकायलाई निर्देशन दिएका छन् । देशका विभिन्न जिल्ला र स्थानीय निकायले यो भाइरस रोकथाम गर्न भन्दै लकडाउन गर्ने निर्णय गरिसकेका छन् तर संघीय सरकारले भने आवश्क परे जतिखेरै लकडाउन गर्न सकिने बताए पनि अहिले भने केही बोलेको छैन।

सोमबार विदेशबाट आएकी एक जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएपछि अहिले सबै निकायले उच्च सतर्कता अप्नाएका छन् । यदि लकडाउन गर्नु पर्ने अवस्था आए त्यसको ‘मनिटरिङ’मा सुरक्षा निकायहरु परिचालन हुन्छन् । लक डाउनमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाइदैन् ।

अहिले नेपाली सेनाले सबै पृतनालाई सम्भावित लकडाउनका लागि तयार रहन निर्देशन दिएको छ । भने नेपाल प्रहरी र शसस्त्र प्रहरीले पनि आवश्यक तयारी गरिरहेको जनाइएको छ ।