logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलीबाट घर बाहिर निस्के एक महिना कैद


अंकुरण खबर
1.053K
Shares

कोरोना रोकथामको लागि सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११(मंगलबार) गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।

देशैभरका नागरिकले यो निर्णयको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना गरिने छ ।

प्रमुख जिल्ला अधिकारीको निगमनमा सो निर्णय लागु गरिने छ ।

त्यस्तै समितिले सवारी साधान चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। तर एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधन भन चल्न पाउने छन् ।