logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको शंकामा कान्ति अस्पतालमा तीन बालक भर्ना


अंकुरण खबर
1.17K
Shares

कोरोनाका लक्षण देखिए पछि कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ ।

एक जना आइतबार र दुई जना बालकलाई सोमबार अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए।

डा.पौडेलका अनुसार आइतबार भर्ना भएका एक बालकको बुबा दुबईबाट आएको र अर्का एकको काका चाइनाबाट र अर्को एक बालकको बुबा कतारबाट आएका हुन् ।

उनीहरुका आफ्न्त कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो । तीनजना मध्ये एकजनाको स्याम्पल हिजो नै प्रयोगशालामा पठाइएको र बाँकी दुईजनाको स्याम्पल आज पठाइएको  डा.पौड्यालले बताए ।

आइसोलेसनमा भर्ना भएका बालकहरुको उमेर समूह १४ महिना, ४ वर्ष र साढे ४ वर्ष रहेको छ । अस्पतालले बालकहरुको बाबुहरुको अवस्थाबारे पनि जानकारी लिइरहेको जनाएको छ ।