logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डलरको भाउ अहिलेसम्मकै धेरै , यस्तो छ अन्य देशको विनिमयदर


अंकुरण खबर
702
Shares

आज पनि विदेशी मुद्राको भाउमा थपघट भएको छ । अमेरिकी डलरको भाउ अहिले सम्मकै बढी भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदर अनुसार मंगलबार १ डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।