logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

निषेधाज्ञा तोड्न खोख्दा कैलालीको गौरीफन्टा नाकामा तनाव


अंकुरण खबर
1.079K
Shares

सरकारले आज बिहानबाट गरेको लकडाउनका कारण कैलालीको गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।

सरकारले गरेको निषेधाज्ञा तोडी भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो ।

मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन । नाकाबाट प्रवेश गर्न खोज्नेहरुलाई अहिले दशगजा क्षेत्र सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको हो ।