संयुक्त अरब इमिरेट्स (यूएइ) मा कोरोना भाइरस (कोभिड–१९) का बिरामी दुई नेपाली स्वस्थ भएका छन् ।
अस्पतालमा उपचारपछि उनीहरु पूर्ण रुपमा निको भएर फर्किएको नेपालका लागि यूएइका आवासीय राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । यद्यपि व्यक्तिगत गोपनियताका कारण संक्रमित भएर निको भएकाहरुको परिचय गोप्य राखिएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै राजदूत ढकालले नेपालसँगै संक्रमित इरानी नागरिक पनि स्वास्थ भएका छन् ।
यूएइमा कोरोना संक्रमण पुष्टि भएका १ सय ९८ मध्ये ४१ जना पूर्ण रुपमा निको भएर घर फर्किएको त्यहाँको सरकारले जनाएको छ ।