logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले नेपाललाई भन्यो-कोरोनाबाट नआत्तिनुस्, हामी साथमा छौं


अंकुरण खबर
975
Shares

उत्तर छिमेकी चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा आफू सँगै रहेको भन्दै नआत्तिन आग्रह गरेको छ ।

चीनले कोरोनाविरुद्धको लडाइँमा एक्लो महसुस नगर्न आग्रहसहित नेपाललाई सान्त्वना दिएको छ । एक १९ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको एक दिनपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी भइरहेको जनाएकी छन् ।

उनले नेपाल कोरोनाविरुद्धको लडाइँमा सफल होओस भनेर चीनले कामना गरिरहेको पनि उल्लेख गरेकी छन् ।  ‘हामी नेपालका लागि प्रार्थना गरिरहेका छौं’, राजदूत यान्छीले भनेकी छन्, ‘हाम्रा नेपाली साथीहरूलाई सहयोग चिकित्सा सामग्री मिलाउँदै छौं ।’

चीन भने कोरोना संक्रमणबाट बिस्तार मुक्त हुँदैछ । गत पुसमा चीनको वुआनबाट सुरु भएको कोरोनाबाट चीनमा तीन हजार सय ७७ जनाको ज्यान गएको थियो । पछिल्लो समय भने चीनमा कोरोना नियन्त्रणको दिशामा छ ।