logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसोलेसनमा राखिएका वीरगञ्जका ३० बर्षीय युवकको मृत्यु


अंकुरण खबर
1.417K
Shares

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएका उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका उनको शव अस्पतालमै राखिएको छ । उनको स्वाब परीक्षणका लागि आज विहान टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।