logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना पुष्टि भएकी युवतीसँगै कतारबाट आएका यात्रु उदयपुरमा भेटिए


अंकुरण खबर
1.066K
Shares

फ्रान्सबाट चैत ४ मा कतार हुँदै आएकी एक किशोरीलाई कोराना लागेको पुष्टि भएसँगै स्थानीयतहरुले कतारबाट आएका सर्वसाधरणहरू खोजी गर्न सुरु गरेका छन् ।

उदयपुरका बेलका नगरपालिकाले वडा ६ अन्तर्गतका ३ जनालाई पहिचान गरेको छ । ३ जनामध्ये २ जना ६ चैतमा आएको बताएका छन् । ती मध्ये १ जना ४ चैतमा कतार एयरलाइन्सको क्यूआर ६५२ विमानवाट गत ४ चैतमा उनीहरु काठमाडौं आएका थिए । उनले सोही विमानमा आएको स्वीकार गरेका छन् ।

स्थानीय तहको आग्रह बोमोजिम उनीहरू तीनै जना क्वारेन्टाइनमा बस्न तयार भएको नगरपालिकाले जनाएको छ । कतारबाट आएको खबर भएसँगै स्थानीयस्तरमा त्रास बढेको देखिएको छ । स्थानीयहरूले ती नागिरकका आमा बुवालाई पनि क्वारेनटाइनमा राख्न माग गरेका छन् ।

बेलका नगरपालिका वडा ३ को रातापानीमा पनि २ जना चैत ४ देखि ६ गतेको बिचमा कतारबाट आएको आशंका गरिएको छ । उनीहरुको पनि खोजी गरिएको र सबैलाई क्वारेनटाइनमा राख्न थालिएको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापाले बताए । त्यस्तै यता बाग्लुङ पनि सोही बिमानमा आएका एक जनालाई क्वारेनटाइनमा राखिएको छ ।