नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा मनाउने घोडेजात्रा यो वर्ष स्थगित गरेको छ ।
सेनाको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोनाभाइरस ९कोभिड९१९० को जोखिमलाई मध्येनजर गरेर यस वर्ष स्थगित गरिएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएतापनि कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा मिति २०७६ चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम समारोह स्थगित गरिएको जनाएको छ ।