logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदी व्यवसाय एक साताका लागि बन्द


अंकुरण खबर
1.105K
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले देशैभरी गरेको लक डाउनको स्वागत गर्दै सुनचाँदी व्यवसाय एक साताका लागि बन्द गरेको छ ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले विषम परिस्थितिमा आर्थिक तथा अन्य सहयोग र सहकार्यका लागि प्रतिवद्धता रहेको जनाएको छ ।

यस्तै सुनचाँदीको दैनिक दरभाउ समेत प्रकाशित नहुने भन्दै महासंघले सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सतर्कता अपनाउन सबैमा आग्रहसमेत गरेको छ ।