ट्र्याक्टरबाट खसेर धनगढीमा एक जनाको मृत्यु भएको छ।
घुर्राखोलाबाट बालुवा लिएर आउँदै गरेको से१त ५८०४ नम्बरको ट्र्याक्टरको ट्रलीबाट खसेर धनगढी उपमहानगरपालिका १८ बस्ने २८ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो।
ट्र्याक्टरबाट खसेर गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।