कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी एक नेपाली युवतीको उपचार भइरहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भने संक्रमित बिरामीको अवस्था जटिल नरहेको बताउँदै कसैले यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
फ्रान्सबाट ४ चैतमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि अवस्था जटिल नभएको अस्पतालले बताएको हो ।
अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले उनीमा भाइरस देखिए पनि अवस्था जटिल नभएको जानकारी दिए । उनको उपचारमा चिकित्सकले अजिथ्रोमाइसिन लगायतका एन्टीबायोटिक औषधि चलाएको अस्पतालले जनाएको छ ।