वैदेशिक रोजगारीका सिलसिलामा कतार गएर फर्किएका विराटनगरका एक २७ वर्षीय युवा उच्च ज्वरो र रुघाखोकीले ग्रस्त भएपछि अस्पताल भर्ना भएका छन् ।
उनी आइतबार मात्र कतारबाट घर आएका थिए । घर आइपुगेलगत्तै उनमा उच्च ज्वरो र रुघाखोकी देखिएको थियो । युवकलाई मंगबार प्रहरीको सहयोगमा कोशी अञ्चल अस्पताल पु¥याइएको छ ।
चिकित्सकहरुका अनुसार ज्वरो र रुघाखोकीको औषधिले उनलाई छोएकै छैन । नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।