logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका नेपालीलाई नेपाल प्रवेश गर्ने अन्तिम अवसर


अंकुरण खबर
1.235K
Shares

सरकारले भारतबाट आउने नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको अवसर दिएको छ।

लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’ मन्त्री खतिवडाले नागरिकको जीवन सुरक्षित बनाउन लकडाउन गरिएको भन्दै नागरिकले स्वेच्छाले पालना गर्नुपर्ने बताए।

भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।