logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिबाट लकडाउन उल्लंघन गरे कडा कारबाही


अंकुरण खबर
1.092K
Shares

सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन आज सर्वसाधारणले छिटपुट उलंघन गरेका छन्। तर प्रहरीले भोलीबाट भने लक डाउन कडाइका साथ लागू गर्ने जनाएको छ ।

आज पहिलो दिन भएकाले सडकमा गुडेक सवारी साधन र यात्रुलाई सम्झाइबुझाइ गरे पनि भोलिबाट अनुमति नलिई सडक सवारी चलाए चालक र सवारी साधनलाई नियन्त्रणमा लिइने काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए ।

भोलीबाट भाने अनुमति नलिई सवारी चलाएमा वा हिडडुल गरेमा थप कडाई गर्ने प्रहरीले जनाएको छ । आज पनि काठमाडौं बाहिर भने अनुमति नलिई सवारी चलाउने केही सवारी साधनलाई भने नियन्त्रणमा लिइएको छ । विश्वमानै महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रणमा लिन लकडाउन गरेकाले यसको पूर्ण पालना गर्न सरकारले आम नागरिकलाई पटक पटक आग्रह गरेको छ ।