logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको परीक्षण अब वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि गरिने


अंकुरण खबर
1.521K
Shares

कोरोनाको प्रभाव बढीरहेको बेला सरकारले काठमाडौंको वीर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना भाइरस परीक्षणको व्यवस्था गर्ने भएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले तोकिएका अस्पतालमा यसका लागि तत्कालै उपकरण जडानको काम थालिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

यसैगरी, वीर अस्पताल, धुलिखेल अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेशस्तरमा परीक्षण गर्ने व्यवस्था नहुन्जेल छिटो सवारी साधनको माध्यमबाट केन्द्रीय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराउने व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै कोरोना भाइरसको परीक्षण हुँदै आएको छ। जसका कारण कोरोनाको शंका लागेर पनि धेरैले सहजै स्वास्थ परीक्षण गर्न पाएका छैनन् ।