logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा हुने टोकियो ओलम्पिक १ वर्षका लागि स्थगित


अंकुरण खबर
741
Shares

कोरोना भाइरसका कारण सन् २०२० को ग्रीष्मकालीन ओलम्पिक स्थगित गरिएको छ । भाइरसले महामारीको रुप लिए पछि थप सुरक्षित हुन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जापानको टोकियोमा हुने तय भएको प्रतियोगिता स्थगित गरेको हो ।

आगामी जुलाई २४ तारिखदेखि शुरु हुने भनिएको प्रतियोगिता स्थगित भएको हो । आयोजक देश जापानका प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावमा सहमति जनाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२१ सम्मका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।