logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना सहयोग कोषमा एनसेलद्धारा १० करोड जम्मा


अंकुरण खबर
780
Shares

कोरोना भाइरस संक्रमण रोगथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

यो सहयोग कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।