कोरोना भाइरसको संक्रमण बढेसंगै भारतले बुधवारबाट २१ दिनको लागि पुरै देश लकडाउन गरेको छ ।
यो भाइरसले अझ विकराल अवस्था सृजना गर्ने भएकाले यस्तो निर्णय गर्नु परेको भारत सरकाले जनाएको छ । मंगलबार भारतिय प्रधानन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा विशेष सम्बोधन गर्दै लकडाउनको अवस्थामा पुग्नुपरेको बताएका थिए ।
उनले २१ दिन लकडाउन नगर्दा देश २१ वर्ष पछि जाने भन्दै जनताको स्वास्थ्यको ख्याल गरी यो निर्णय लिनुपरेको बताएका थिए । उनले यो अवधीमा संयमता अपनाउन देशवासीलाइ आग्रह समेत गरेका छन् । कोरोना भाइरसका कारण भारतमा १० जनाको मृत्यु भएको छ भने, ५ सय १९ जनामा संक्रमण भएका छन् ।